बुधबार, बैशाख ०३, २०७७ || 1315  पटक पढिएको

र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) ले काभ्रेपलाञ्चोक, धादिङ, गोरखा र सप्तरीमा गरी पाँचजनामा कोरोना संक्रमण देखाएको छ। काभ्रेका एकजनाको रिपोर्ट शंकास्पद आएको छ।

काभ्रेको बेथानचोक ५ च्यासिङखर्कका २८ वर्षीय युवकको आरडिटीका क्रममा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य शाखा प्रमुख सीताराम तिमल्सिनाले जानकारी दिए।उनी चैत ९ गते भारतबाट आएका थिए। ‘हामीले चैत ३० गते र वैशाख १ गते दुईदुईजनाको र मंगलबार ९ जनाको आरडिटी गरेका थियौं। यीमध्ये एकजनाको कोरोना पोजिटिभ देखियो’, उनले भने। ती युवकलाई धुलिखेल अस्पताल पठाइएको छ।

आरडिटीमा संक्रमित देखिएका युवकसँगै अन्य दुईजना पनि भारतबाट फर्केका थिए। तर उनीहरुको भने नेगेटिभ नतिजा आएको तिमल्सिनाले बताए। बेथानचोक गाउँपालिकामा चैत महिनाभरमा भारतलगायतका मुलुकबाट २० जना आएका गाउँपालिकाको अभिलेखमा उल्लेख छ।

र्‍यापिड टेस्टले काभ्रे, धादिङ, गोरखाका एकएकजना र सप्तरीका दुईजनामा कोरोना संक्रमण पोजेटिभ देखाएको छ।

यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवकको मंगलबार आरडिटी परीक्षण हुँदा शंकास्पद नतिजा आएको भन्दै उनलाई धुलिखेल अस्पताल पठाइएको छ। उनी चैत ७ गते दुबईबाट फर्केका थिए। १७ दिनसम्म नगरपालिकाकै क्वारेन्टाइनमा बसेर कुनै लक्षण नदेखिएपछि उनी घर गएका थिए। आरडिटी परीक्षणका क्रममा २० मिनेटमा नतिजा आउनुपर्नेमा नआएपछि शंकास्पद मान्दै उनलाई धुलिखेल पठाइएको परीक्षणमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए।

काभ्रेपलाञ्चोकमा फागुन ३० गतेयता भारतलगायतका तेस्रो मुलुकबाट २ सय ५१ जना फर्केका अभिलेख छ। पहिलो चरणमा विदेशबाट फर्केकाहरुको आरडिटी परीक्षण थालिएको हो। मंगलबारसम्ममा १ सय ९१ जनाको आरडिटी सकिएको छ।

यसैबीच काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट सोमबार धुलिखेलस्थित घरमा आएका युवकको आरडिटी परीक्षण नेगेटिभ आएको छ। उनको स्वाब पिसिआर परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ। उनलाई घरमै सुरक्षाकर्मीको निगरानीमा राखिएको काभ्रे स्वास्थ्य कार्यालय प्रमुख डा। नरेन्द्रकुमार झाले जानकारी दिए।

यसैगरी धादिङका २७ वर्षीय एक पुरुषमा पनि कोरोना पोजेटिभ भेटिएको छ। जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं। ३ स्थित मैदी स्वास्थ्यचौकीमा मंगलबार गरिएको आरडिटीले ती युवकमा कोरोना पोजेटिभ देखाएको हो। उनी गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका थिए। उनको स्वास्थ्य अवस्था सामान्य छ।

ती युवक हेटौंडामा रहेको युनिभर्सल पिस फेडेरेसनमा कार्यरत छन्। गत फेबु्रअरी २ मा अफिसको कार्यक्रमको सिलसिलामा उनीसहित १०÷१२ जनाको टोली दक्षिण कोरिया पुगेको थियो। एकमहिना बसेर फागुन २० गते फर्किएपछि उनी सीधै हेटौंडा पुगेका थिए। हेटौंडाबाट चैत ३ गते धादिङ फर्किएका उनी होम क्वारेन्टाइनमा बसिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। ‘घरमासुरक्षित तरिकाले बसिरहेका ती युवकमारुघाखोकी, ज्वरोजस्तो केही पनि छैन।’

एकसाताअघि रुखाखोकी लागेर घाँटी पनि दुखेपछि उनले टेकु अस्पतालका स्वास्थ्यकर्मीसँग फोनमा परामर्श गरेका थिए। नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!