बुधबार, बैशाख ०३, २०७७ || 629  पटक पढिएको

चार सयय ३१ किलोमिटर भन्दा बढी नेपाल भारत सिमानाक्षेत्र रहेको यो प्रदेशमा कहीँकतैबाट प्रहरीलाई झुक्याएर सर्वसाधारणले पस्न पाउने सम्भावना प्रबल छ। पर्सा जिल्लामा १०७ किलोमिटर खुल्ला सीमा क्षेत्र छ। वीरगन्ज, भिस्वा, ठोरी नाकाबाट नेपाल छिर्ने क्रम लकडाउनको बेला पनि रुकेको थिएन्।

चैत्र महिना भित्र मात्रै भारतबाट ३३९ जना नेपाली र २९ जना भारतीय जिल्ला छिरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यी २९ जना भारतीयमध्ये नै ३ जना संक्रमित हुन्।

त्यसैगरी रौतहट जिल्लामा लकडाउन सुरु भएदेखि हालसम्ममा ५१ हजार २ सय जना भारत हुँदै नेपाल छिरेका छन्। धनुषामा भने यो संख्या ७३९ रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भक्तबहादुर राई बताउँछन्।

महोत्तरीको नाका भइ ९६ जना मात्रै नेपाल छिरेको तथ्यांक जिल्ला प्रशासन कार्यालयको छ।नेपाल छिरेका सबैलाई हाल क्वारेन्टाइनमा राखिएको सीडीओ सूर्यबहादुर खत्रीले बताए।

बारामा १२५ जना भारतीय नाका हुँदै जिल्ला छिरेका छन् भने सर्लाहीमा यो संख्या ६१ छ। सिरहामा भने लकडाउन अवधिभर कसैलाई पनि नाकाबाट छिर्न नदिइएको र चोरबाटो भएर नेपाल प्रवेश गर्नेको पनि जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

हालसम्म सिरहामा ३ जना मात्रै यो अवधिमा भारतबाट नेपाल प्रवेश गरेको जनाइएको छ। सप्तरीमा भने नाकाबाट छिर्नेको कुनै रेकर्ड नरहेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताएका छन्। पालिकाहरूबाट रेकर्ड माग्दा नदिएपछि आफूहरूसँग कुनै तथ्यांक नरहेको खनालले बताए।

५२ हजार भन्दा बढीको संख्यामा भारत र अन्य मुलुकबाट लकडाउन अवधिमा प्रदेश २ छिरे पनि हाल १ हजार २० जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। प्रदेशभर १६० क्वारेन्टाइनमा ३२८५ बेड क्षमता छ। तर, यसको एक चौथाई पनि क्वारेन्टाइनमा बसेका छैनन्। अन्नपूर्ण पोष्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!