देशमा पछिल्लो तीन दिनमा सातजना नयाँ कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । कुल १४ संक्रमितमध्ये तीन दिनमा संख्या दोब्बर भएपछि शतर्कता बढाइएको छ । टेष्टका दायरा बढाइएपछि संक्रमित संख्या बढ्ने यस सम्बन्धि उपचार र टेष्ट गरिरहेकाहरुले जानकारी दिएका छन् ।

पछिल्लो समय पत्ता लागेका नयाँ संक्रमितमध्ये अधिकांश लकडाउनका समयमा नेपाल प्रवेश गरेका हुन् । सरकारले लकडाउन गरेर सीमामा कडाई गरेपछि पनि उनीहरु कसरी प्रवेश गरे भन्ने विषय गम्भीर बनेको छ ।

वीरगञ्जको छपकैयास्थित मस्जिदमा भेटिएका तीनजना संक्रमित भारतीय नागरिक लकडाउनको समयमा सीमा काटेका थिए । उनीहरु संक्रमित भेटिएपछि सरकारले लकडाउनमा विदेशीलाई आश्रय दिनेलाई समेत कारबाही गर्ने निर्णय गरेको छ ।

वीरगञ्जमा पत्ता लागेका भारतीय नागरिकबारे ३० चैत्रमा सरकारले आधिकारिक जानकारी गराएको हो । उनीहरु दशौं, एघारौं र बाह्रौं संक्रमित हुन् ।

१३ औं संक्रमित रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको हो । उनी भारतबाट लकडाउनका समयमा लुकिछिपी प्रवेश गरेको खुलेको छ । इशनाथ नगरपालिका ५ मोतिपुरका ती युवक दिल्लीाट फर्किएको पुष्टि भइसकेो छ ।

१४ औं संक्रमित कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको हो । उनी वीरगञ्जबाट बसको यात्रा गरी कैलाली पुगेकी हुन् । उनीपनि तीर्थयात्राबाट फर्किएको बुझिएको छ ।

यसैगरी सरकारले २ वैशाखमा थप दुईजना संक्रमितबारे पुष्टि गरेको छ । १५ औं संक्रमित काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको हो । उनी बेलायतबाट फर्केका परिवारका सदस्य हुन् ।

१६ औं संक्रमित काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको हो । उनीपनि बेलायतबाट फर्केका परिवारका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!