अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या छ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।अमेरिकामा कुल ६ लाख १३ हजार ८ सय ८६ संक्रमित भइसकेका छन् । मृतकको संख्या २६ हजार ४७ पुगेको छ । संक्रमण र मृत्युको संख्या विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी हो । अमेरिकामा २४ घन्टामा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकबारे उल्लेख गर्दै हिजो नै रुसी समाचार संस्था तासले विश्वभर संक्रमित संख्या २० लाख उल्लेख गरिसकेको छ । विश्वभर मृत्यु हुनेको संख्या सवा लाख कटिसकेको छ ।

देश संक्रमित
अमेरिका ६१३८८६
स्पेन १७४०६०
इटाली १६२४८८
फ्रान्स १४३३०३
जर्मनी १३२२१०
बेलायत ९३८७३
चीन ८२२९५
इरान ७४८७७
टर्की ६५१११
बेल्जियम ३१११९
नेदरल्यान्ड २७४१९

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!