४२ दिनअघि दक्षिण कोरियाबाट नेपाल फर्किएका धादिङका एक युवामा र्‍यापिड टेस्ट गर्दा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भेटिएको छ ।जिल्लाको ज्वालामुखी गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले जानकारी दिए ।

सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित अमराईका ती युवा गत फागुन २० मा नेपाल फर्किएका थिए । नेपाल आएर उनी विभिन्न जिल्लाको भ्रमणमा खुल्न आएको जनाइएको छ । उनी युनिभर्सल पिस फाउन्डेसनमा समेत आबद्ध रहेकाले कोरियन नागरिकसँग नेपाल आएपछि पनि सम्पर्क रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङ स्रोतले जनाएको छ ।

उनमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा पठाइएको छ भने थप परीक्षणका लागि स्वाब टेकु अस्पताल पठाउने तयारी भएको छ ।

उनमा कोरोना भएको नभएको आधिकारित पुष्टि भने टेकुमा पीसीआर प्रविधिबाट परीक्षण भएपछि मात्रै हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!