मंगलबार, बैशाख ०२, २०७७ || 723  पटक पढिएको

सरकारले लकडाउन वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको हो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले १५ वैशाखसम्मका लागि लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी दुई चरण गरी ३ वैशाखसम्म लकडाउन अवधि लम्ब्याइएकोमा आज फेरि तेस्रो चरणको घोषणा भएको हो । सरकारले लकडाउन अझै कडा गर्नुका साथै सीमा क्षेत्रमा समेत कडाई गर्ने निर्णय गरेको बुझिएको छ ।

पछिल्लो समय भारतबाट लकडाउनकै समयमा नेपाल छिरेकाहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकार गम्भीर भएको हो । छिमेकी राष्ट्र भारतमा २१ वैशाखसम्मका लागि लकडाउन लम्ब्याइएको छ । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन् ।

कोरोना रोकथामका लागि नेपाल र भारत सहकार्य गरी अगाडि बढ्ने सहमति भए अनुसार लकडाउनलगायतका रणनीतिहरु दुई देशको समन्वयमा हुनथालेको छ । भारतमा कोरोना संक्रमण फैलिइरहेको र नेपालमा पनि थप संक्रमित भेटिएको अवस्थामा लकडाउन अझ कडा बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!