अमेरिकाको फ्लोरिडाका एक व्यक्ति श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका छन् । ‘उनले पहिले अलग भइसकेकी श्रीमतीको हत्या गरे । त्यसपछि श्रीमती कोरोना संक्रमित भएर अस्पतालमा बसेकी छिन् भन्दै ढाँटे,’ प्रहरीले भनेको छ ।

यसअघि ५१ वर्षीय ग्रिटचेन एन्थोनीका साथीभाईको मोबाइलमा मार्चको अन्त्यतिर एन्थोनीमा कोभिड–१९ को गम्भीर समस्या देखिएको र उनी अस्पतालमा उपचार गराइरहेको रहस्यमयी म्यासेज आएको थियो । यो म्यासेजपछि उनीहरुले एन्थोनी समस्यामा परेको हुनसक्ने अनुमान लगाए ।

लगत्तै फ्लोरिडा, जुपिटरका प्रहरीले यसबारे खोजी थाल्यो । स्थानीय स्तरमा उनको कहीं–कतै उनको उपचार भएको पत्ता लागेन, न उपचारबारे क’नै बिमा दाबी नै गरिएको थियो । त्यसपछि प्रहरीले यी महिलाका ४८ वर्षे श्रीमान्मा अनुसन्धान केन्द्रीत ग¥योे ।

गत फेब्रअरीदेखि नै श्रीमान् डेभिड एन्थोनी उनीसँग छुट्टिएका थिए । डेभिडले प्रयोग गर्ने भाषा र कोरोना भाइरसबारे पठाइएको म्यासेजमा प्रयोग गरिएका शब्द उस्तै–उस्तै रहेको प्रहरीले पत्ता लगायो । त्यसयता प्रहरीले यो जोडीको घर वरिपरि पनि अनुसन्धान ग¥यो, छिमेकीले एक महिला ‘मलाई दुख्छ भन्दै चिच्याइरहेको’ र ‘डरलाग्दो आवाज’ आफुले सुनेको जानकारी दिइन् ।

‘अनुसन्धान भइरहेको छ र थप प्रमाण पनि भेटिएको छ, यो विश्वास छ कि डेभिड ई एन्थोनी नै ती महिलोका बेपत्ता र हत्यामा संलग्न छन्,’ जुपिटर प्रहरीले फेसबुकमा जारी गरेको विज्ञप्तीमा लेखिएको छ । डेभिडलाई प्रहरीले ३१ मार्चमा लास क्रुसेज, न्यु मेक्सिकोबाट पक्राउ गरेको थियो, यसभन्दा १० दिनअघि नै श्रीमतीको हत्या भइसकेको प्रहरीले जनाएको छ ।

यी व्यक्तिविरुद्ध हत्या र अपहरणको अभियोग दर्ता गरिएको छ र उनलाई प्लास बीच काउन्टीका प्रहरी अधिकारीसमक्ष हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । ग्रिटचेनको शव भने अझै भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!