आइतबार, मंसिर २९, २०७६ || 1535  पटक पढिएको

प्रकाश प्रेमी
विराटनगर
मंसिर २९ गते

उद्योगिक नगरी विराटनगरमा दुई दिवसीय अन्तराष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

मैथिली एसोसिएशन नेपालको आयोजनामा पुष ६ र ७ गते १७ औ अन्तराष्ट्रिय मैथिली सम्मेलन हुन लागेको हो ।

मैथिली कला–संस्कृति, साहित्य, भाषा संरक्षण सम्बद्र्धन तथा मिथिलाको गौरव गाथा, इतिहास र आजको आवश्यकतालाई केन्द्रमा राखि विभिन्न कार्यक्रमहरुको आयोजना गरी सम्मेलन हुन लागेको आयोजक संस्थाले प्रेश सम्मेलन गरी जानकारी दिएका छन् ।

मैथिली एसोसिएशन नेपालका अध्यक्ष प्रविण नारायण चौधरीले मैथिली युवा पुस्ताहरुलाई प्राचिन मैथिली संस्कृति र यस प्रति अभिरूचि बढाउने उद्देश्यले मैथिली सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए ।
सम्मेलनमा झाँकी तथा कला–कीर्ति प्रदर्शनी, विद्वत विमर्श, कवि गोष्ठी, मिथिला परिकार, संस्कृतिक कार्यक्रम तथा मैथिली संस्कृति झल्कीने विभिन्न स्टलहरू पनि राखिने छ । सो कार्यक्रमको नेकपाका कार्यवाहक अध्यक्ष एवं् पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घघाटन गर्ने आयोजकले जानकारी दिए ।

सम्मेलनमा नेपाल भारतका विभिन्न संघ संस्थाका करिव २ सय ५० जना अभियन्ता प्रनिधिहरुको सहभागीता हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!