आइतबार, मंसिर २९, २०७६ || 1193  पटक पढिएको

आर्थिक सहयोगका लागी धनमायाद्धारा जीवन बचाईदिन आग्रह 

हिपमत डटकम समाचार मंसिर २९

इलामको रोङ गाँउपालिका–१ की ३६ वर्षीया धनमाया अधिकारीले आफ्नो जीवन बचाई दिन आग्रह गरेकी छन् ।

तीन वर्षदेखि दुवै मृगौला खराब भएपछि उपचाररत् अवस्थामा रहेकी अधिकारीको मृगौला प्रत्यारोपण गर्नका लागि आर्थिक अभाव भएपछि जीवन बचाई दिन आग्रह गरेकी हुन् ।

मृगौला प्रत्यारोपण गर्नका लागि १२ लाख रुपैंया बढी खर्च लाग्ने र उक्त रकम आफूहरुसंग नभएपछि बिरामी श्रीमतीलाई घरमा नै ल्याएर राख्नु परेको श्रीमान टंकप्रसाद अधिकारीले बताए । उनले भने–श्रीमतीको उपचार गर्दा हालसम्म १५ लाखबढी खर्च भइसक्यो,घरजग्गा सबै बैंकमा राखेको छु ।

खर्च अभाव भएपछि बिरामी श्रीमतीलाई घरमा ल्याउनुको विकल्प नभएको भन्दै उनले आफ्नी श्रीमतीलाई आर्थिक सहयोग गरेर जीवन रक्षा गरिदिन सबैसंग आग्रह गरेका छन् । प्रत्यारोपणका लागि मृगौला दिन तयार रहेपनि आर्थिक अभावका कारण प्रत्यारोण गर्नुअघि लाग्ने खर्च जुटाउन नै समस्या भएको उनको भनाई छ ।

आफू समेत मुटु र फोक्सोको रोगका कारण समस्यामा परिरहेका बेला श्रीमतीको दुवै मृगौला खराब भएपछि परिवारमा बज्रपात परेको टंकप्रसादले बताए । उनले आफूले अहिले मानसिक समस्याभएपछि दैनिक रुपमा डिप्रेसन विरुद्धको औषधी खाइरहेको जानकारी दिए ।

दुई छोरा सानै रहेको र आर्थिक अवस्था पनि अत्यन्त कमजोर रहेका बेला परिवरमा रोगले गाँजेपछि आफू साह्रै समस्यामा परेको उनको भनाई छ । उनले उपचार गर्न सक्ने क्षमता नभएपछि सहयोगको लागि विभिन्न सामाजिकसंघ संस्था, समाजसेवी, ब्यवसायी तथा मनकारी नेपाली दाजुभाई तथा दिदीवहिनीहरु सामु पिडीतका अविभावक र पिडीतले अनुरोध गरेका छन् ।
उनलाई आर्थिक सहयोग गर्न चाहाने विश्वभरका नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलेसहयोग गर्न चहाने ब्यक्तिलाई राष्ट्रिय वाणिज्य बैंकमा रहेको २१०००१३४१८१० नम्बरको खातामा रकम जम्मा गरिदिन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!