मंगलबार, बैशाख ०२, २०७७ || 617  पटक पढिएको

दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका कारण स्वदेश फर्कन नसकेका नेपालसहित अन्य १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो । इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्न पाउने नियम छ । उक्त नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्ने हुन्छ तर अवधि पूरा भएर पनि कोरोना माहामारीका कारण स्वदेश फर्कने तयारीमा रहेर फर्कन समस्यामा परेका झण्डै १८ हजार ५०० प्रवासी मजदुर (इ–९) लाई यो निर्णयले सहज बनाएको छ । यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!