मंगलबार, बैशाख ०२, २०७७ || 619  पटक पढिएको

प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कका अनुसार थ्रोट स्वाबअन्तर्गत ३८ महिला सहित २३३ जना नमूना सङ्कलन गरिएकामा २० जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेशमा रहेको ४ हजार ४११ वेडको क्वारेन्टाइनमा ४९ महिलासहित ५७२ जना राखिएको छ भने ४४६ वटा आइसोलेशन बेडमा चार महिलासहित १० जना भर्ना गरिएको छ। प्रदेशमा सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा ४४ वटा आईसियु वेडको व्यवस्था गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा रहेका मध्ये आजसम्म पाँच महिलासहित ५४ जना घर फर्केका छन् भने होम क्वारेन्टाइनमा ६१२ महिलासहित ३ हजार ५ सय ५७ जना छन् । प्रदेश सोमबारसम्म ६५४ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपीई) वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!