हिपमत डटकम
विराटनगर,मंसिर-२९ गते ।

पश्चिम् नेपालको एतिहासिक भ्रमण पश्चात पूर्वराजा ज्ञानेन्द्र शाह साताब्यापी भ्रमणका लागि फेरी पूर्वक्षेत्रमा आउने कार्यक्रम तय भएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा व्यक्तिगत भ्रमण र भेटघाटमा हिडिरहेका पूर्वराजा शाह प्रदेश नम्वर १ र २ को भ्रमणमा निस्कने कार्यक्रम तयभएको बताईएको छ ।
सो क्रममा पुर्वराजा शाह पौष २ पुस झापाको दमक आउने कार्यक्रम तयभएको स्रोतले बताएको छ । पुर्वी क्षेत्रमा पुर्वराजाको भ्रमणको जानकारी पाएसगै उनको स्वागतको राजाबादीहरु तयारी गरिरहेका छन । बल्लभ प्रसाद दाहाल, जगत अर्याल, बद्रीप्रसाद मण्डल लगायतका अगुवाहरु स्वगतको तयारीमा जुटेको बताईएको हो । राजाको भ्रमणलाई सफल बनाउन शिव सेना नेपालले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ भने विभिन्न राजावादी र हिन्दुवादी पनि तम्तयार जुटेका छ्न । ‘पुस २ विहान ११ बजे भद्रपुर झापामा शिवसेनाका सवै नेता कार्यकर्तालाई उपस्थित हुन शिव सेना नेपालले निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!