-यापिड डायग्नोष्टिक टेष्टमा कोरोनाभाइरसको संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको -यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनीहरुको स्वाबको नमूना लिएर परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार २ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ । एकजनाको भने परीक्षणमा केही समस्या देखिएपछि पुनः स्वाव लिएर परीक्षण गरिँदैछ ।

आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ । कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!