खबर ठुलो छ

भारतको पञ्जाबमा आइतबार लकडाउनमा तैनाथ एक प्रहरीको तरवारले हात काटिएको छ भने आक्रमणमा अन्य छजना प्रहरी घाइते भएका छन् ।तरवार आक्रमणमा पञ्जाब प्रहरीमा एसिस्टेन्ट सब इन्सपेक्टर रहेका हरजीत सिंहको देब्रे हात चुँडिएको थियो । उक्त हातलाई साढे सात घण्टा लामो सर्जरीपछि जोडिएको छ ।शीर्ष सरकारी अधिकारीका अनुसार शिख समुदायका ७ जनालाई बोकेको गाडीलाई पटियाला जिल्लामा रहेको एक तरकारी बजार अगाडी प्रहरीको ब्यारिकेडमा रोकिएको थियो । उनीहरुसँग यातायातको पास माग्दा विवादपछि एक जनाले तरवार झिकेर हात नै काटिदिएका थिए भने अन्य प्रहरीमाथि पनि आक्रमण गरेका थिए ।त्यसपछि उनीहरुले अन्य प्रहरीमाथि पनि आक्रमण गरेका थिए । घाइते प्रहरीहरुलाई चन्दीगढ स्थिति अस्पताल लगिएको थियो ।

‘साढे सात घण्टा लामो सर्जरीपछि एएसआई हरजीत सिंहको हात जोड्न सफल भएको समाचार साझा गर्दा मलाई निकै खुसी लागेको छ । म डाक्टरहरुको टोली र सहयोगी स्टाफको प्रयासका लागि धन्यवाद दिन चाहन्छु । हरजीत सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले ट्वीट मार्फत जानकारी दिए ।

उनले प्रहरीमाथिको यस्तो व्यवहार सह्य नहुने र दोषीमाथि कडा कारवाही गरिने प्रतिबद्धता जनाए । त्यस्तै, लकडाउन नमान्नेमाथि पनि कारवाही गरिने चेतावनी दए ।

यता, स्थानीय गुरुद्वारामा एक घण्टा लामो अपरेशनपछि प्रहरीले सात अभियुक्तलाई पक्राउ गरेको बताइएको छ । यसबारे अनुसन्धान चलिरहेको छ ।

भारतमा यतिबेला अप्रिल १४ सम्म लकडाउन लागू गरिएको छ । पञ्जाबमा भने अप्रिल महिनाको अन्त्यसम्म लकडाउनलाई थप गरिएको छ । पञ्जाबमा हालसम्म १५१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने ११ जनाले ज्यान गुमाइसकेका छन् ।

सोमबार, बैशाख ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया