काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । तीनै जनाको र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ ।
चैत्र ५ गते कतार एयरको विमानबाट बिहान १ बजे उनीहरु काठमाडौं आएर सनसिटी अपार्टमेन्टको पाँचौ तलमा बसेका थिए ।
उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको र अपार्टमेन्टको पाँचौ तला सिल गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।