खबर ठुलो छ

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्ष, २०७७ तथा जुडशीतल पर्वको उपलक्ष्यमा प्रदेशवासीको दीर्घायु, सुस्वास्थ्य एवं उत्तरोतर प्रगतिको कामना गर्नुभएको छ । नयाँ वर्षको अवसरमा आज भिडियो सन्देशमार्फत मुख्यमन्त्री राउतले विश्वव्यापी कोरोना भाइरसका कारण नयाँ वर्ष तथा जुडशीतल पर्व विगतका वर्ष झैं खुलेर मनाउने अवस्था नरहेकाले आ–आफ्ना घरमै बसेर लकडाउनलाई पूर्ण पालना गरी पर्व मनाउन आह्वान गर्नुभएको हो । यस महामारीबाट बच्नका लागि सशक्त रुपमा लकडाउनका पालना गरी आपूmलाई सुरक्षित राखौँ र सामाजिक दूरी कायम गरेर महामारीलाई नियन्त्रण गर्नेतर्फ सचेत हुन उहाँले आग्रह गर्नुभयो । मुख्यमन्त्री राउतले सबैको सहयोग, सकारात्मक सोच र जिम्मेवार नागरिकका रुपमा मिलेर अगाडि बढ्यो भने सीमित साधनस्रोतमा पनि निश्चित रुपमा कोरोना भाइरसमाथि नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस समयमा लकडाउनलाई पालना गराउन अहोरात्र खटिरहनुभएका सुरक्षाकर्मी, उपचारमा संलग्न स्वास्थ्यकर्मी र कोरोनाको सन्दर्भमा सञ्चारमाध्यमबाट सचेतना फैलाउनु हुने पत्रकार, प्रदेश सरकारका मन्त्री, मन्त्रालयका सचिव, कर्मचारीलगायत महत्वपूर्ण भूमिका खेलिराख्नु भएका सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । कोरोना भाइरसको परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको र केही दिनभित्रै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पनि प्रयोगशाला स्थापना हुने जानकारी दिदैं मुख्यमन्त्री राउतले राजविराजमा कोरोना जाँच्ने मेशिन पिसिआर जडान हुने र महोत्तरीको जलेश्वर तथा वाराको कलैया अस्पतालको स्तरोन्नतिको कार्य अगाडि बढाइएको बताउनुभयो । वीरगञ्जमा तीनजना कोरोना भाइरस सङ्क्रमित फेलापरेपछि प्रदेश सरकार गम्भीर भएको उल्लेख गर्दै उहाँले यस विषयमा गृहमन्त्री, स्वास्थ्यमन्त्रीका साथै स्थानीय प्रशासन र महानगरपालिका वीरगञ्जका प्रमुखलगायतसँग आपूm नियमित रुपमा सम्पर्कमा रहेको जानकारी गराउनुभयो । मुख्यमन्त्री राउतले कोरोना भाइरसको अवस्थालाई आँकलन गरी प्रदेश सरकारले शुरुमै स्वास्थ्य क्षेत्रमा कार्य गर्नका लागि अस्पताललाई आर्थिक सहयोग गरेको उल्लेख गर्दै लकडाउनको कारण ‘कोही पनि भोकै नरहोस्, कोही भोकको कारण नमरोस्’ तर्फ प्रदेश सरकार सचेत रहेको जानकारी गराउनुभयो । उहाँले कृषि मजदूर र विपन्न परिवारलाई राहत उपलब्ध गराउनका लागि प्रदेश सरकारले गाउँपालिकालाई रु १० लाख, नगरपालिकालाई रु १५ लाख, उपमहानगरपालिकालाई रु २० लाख र महागरपालिकालाई रु २५ लाख पठाएको रकमबाट वडामा रकमका साथै खाद्य सामग्री वितरण भइरहेको जानकारी गराउनुभयो । उहाँले लकडाउनका कारण मारमा परेका तरकारी, दूधलगायत कृषिजन्य उत्पादक किसानका लागि पनि राहतको व्यवस्था सरकारले गरेको बताउनुभयो ।

सोमबार, बैशाख ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया