हिपमत डटकम
बिराटनगर , मंसिर २९ गते ।

नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’ को १२ सत्ताइस गीत सार्वजनिक भएको छ । गीतमा दिपक आर।जे। र गिरिस खतिवडाको स्वर , प्रकाश मल्ल को शब्द र दिपक आर।जे। को संगीत रहेको छ ।
लाइट कमेडी जनरामा निर्माण भएको यो फिल्मको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ ।
ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमालाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन । चलचित्रका सह निर्माताको रुपमा गौतम शाहाको लगानी छ । फिल्ममा अनिश स्यांगदेनको छायांकन , कृष्ण भण्डारीको सम्पादन ,विक्रम स्वारको कोरियोग्राफी रहेको छ । चलचित्र माघ ३ गतेबाट देश भर प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!