प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले विश्वव्यापी संकटका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) महामारीको रोकथामका लागि अपनाइएका उपायको अवलम्बन गर्न अनुरोध गर्नुभएको छ । प्रदेश प्रमुख यादवले नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना आज शुभकामना सन्देश दिँदै प्रदेशवासीलगायत सम्पूर्ण जनसमुदायलाई वर्तमान प्रतिकूल परिस्थितिमा नआत्तिन र धैर्यका साथ महामारीको सामना गर्न आग्रह गर्नुभएको छ । संघ, प्रदेश र स्थानीय तहका सरकारबाट घोषित रोकथामका उपायको अबलम्बन गरी आफू, आफ्नो परिवार र समुदायको जीवन रक्षाका लागि आआफ्ना ठाउँबाट सहयोग पु¥याउनसमेत उहाँले आग्रह गर्नुभएको छ । नागरिकको सहयोगबाट कोरोनाविरुद्ध सफल होइन्छः मुख्यमन्त्री पोखरेल मुख्यमन्त्री शंकर पोखरेलले नागरिकको निरन्तरको सहयोगबाट नै कोरोनाविरुद्धको संघर्ष सफल बनाउन सकिने बताउनुभएको छ । नयाँ वर्षका अवसरमा आज सन्देश दिँदै उहाँले नयाँ वर्षको नयाँ उमंग, उत्साह र अठोटले नै कोरोनाविरुद्धको संघर्ष एकीकृत रुपमा अघि बढाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले संक्रमण फैलन नदिन व्यक्तिव्यक्तिबीचको सामाजिक दूरी सबैभन्दा ठूलो औजार सावित भएकाले लकडाउन सोही प्रयोजनका लागि स्थापित भएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “अहिलेसम्म हामी सुरक्षित छाँैं तर जोखिमबाट मुक्त छैनाँैं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छाँैं । नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन तीन सातादेखि मुलुक लकडाउनमा रहेको अवस्थामा सरकारले यो निर्णय बेलैमा गरेकाले समुदाय संक्रमण हुनबाट जोगिएको छ, यो अवस्थामा कोरोनाविरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् ।” उहाँले महामारीविरुद्धको संघर्षमा देखिएको राजनीतिक समझदारीले काममा जुटिरहेकाहरुको मनोबल बढाएको छ भन्दै यससँग जुध्न राजनीतिक, प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको उल्लेख गर्नुभएको छ । लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्नेहरुले भोकै बस्नुपर्ने अवस्था नहोस् भनेर स्थानीय तहले पहिलो चरणमा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्नेलाई राहतको आवश्यक प्रबन्ध मिलाएको बताउँदै उहाँले खेती स्याहार्ने र लगाउने काम सामाजिक दूरी कायम गरी गर्न पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!