सोमबार, बैशाख ०१, २०७७ || 1057  पटक पढिएको

भाटभटेनी सुपर स्टोर प्रालिले कोभिड–१९ को परीक्षण तथा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई रु २५ लाख सहयोग गरेको छ । सङ्घीय सरकारबाट सो प्रदेशको समन्वयका लागि जिम्मेवारी पाउनुभएका खानेपानी तथा सरसफाइमन्त्री बिना मगर मार्फत प्रालिले सो रकम सहयोग गरेको हो । मन्त्री मगरलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आइतबार रु २५ लाखको चेक हस्तान्तरण गर्नुभयो । मन्त्री मगरले विषम परिस्थितिमा गरेको सहयोगका लागि प्रालिलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!