सोमबार, बैशाख ०१, २०७७ || 746  पटक पढिएको

आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ । नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । सरकारी कामकाजमा विसं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवत्को आरम्भ हुन्छ । यो संवत्का आरम्भकर्ता विक्रामादित्य हुनुहुन्छ । ज्योतिष पं. दीपक सुवेदीले यो संवत् सूर्यको गतिका आधारमा तय भएकाले यसको विशेष वैज्ञानिकता पुष्टि भइकेकाले बताउनुभयो । उहाँले आफ्नो पहिचान बोकेको संवत्लाई महत्व दिइनु नेपालका लागि गौरवको विषय भएको बताउनुभयो । ज्यो सुवेदीले भन्नुभयो, “गणितीय हिषाबले यस वर्ष प्रारम्भ र भविष्यफलहरुले विश्वमा नै प्रभाव पार्दछ । सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ । त्यसकारण यो संवत्बारे कुनै अन्योल पालिरहनु पर्दैन ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया