सोमबार, बैशाख ०१, २०७७ || 1001  पटक पढिएको

आजबाट नयाँ वर्ष २०७७ आरम्भ भएको छ । वि.सं. को नयाँ वर्ष चुनौतीपूर्ण रहेको विश्वले भोगिरहेको कोरोना भाइरसको महामारीका कारण पनि प्रष्ट छ ।इतिहासमै सबैभन्दा खल्लो नयाँ वर्षका रुपमा यसलाई लिइएको छ । नयाँ वर्षमा नेपालीहरु घरभित्रै लकडाउन पालना गर्नुपर्ने अवस्थामा छन् ।

रिपोर्टर्स नेपाल आफ्ना पाठक र शुभचिन्तकहरुलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । जस्तोसुकै कठिन घडीमा पनि समयको चक्र चलिरहने हुँदा नयाँ वर्ष भव्यताका साथ नमिलेपनि सभ्य तरिकाले आ आफ्नै स्थानमा बसेर मनाउन मिल्ने नै छ । २०७७ साल सकारात्मक र रचनात्मकको वर्ष होस् भन्ने कामना गर्दछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्षको शुभकामना दिएका छन् । नयाँ वर्षको शुभकामना दिंदा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शिर्ष नेताहरुले कोरोना संक्रमणको विषयलाई उल्लेख गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलगायतका नेताहरुले नयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!