देशभर आज अपरान्हसम्म ५ हजारभन्दा बढीको कोभिड १९ टेष्ट भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल टेष्टबाट १२ जनामा संक्रमण भेटिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३७, ४४ र ५५ वर्षीय संक्रमित नारायणी अस्पतालमा उपचाररत रहेको जानकारी दिए । उनले भने, ‘कन्ट्राक ट्रेसिङ सुचारु भइसकेको छ ।’ उनले संक्रमित तीन जनाबारे थप केही बताएनन् ।

यसअघि स्वास्थ्य मन्त्रालयले संक्रमितहरु छपकैयास्थित मस्जिदमा बस्दै आएको र शंका लागी नारायणी अस्पताल वीरगंजमा आइशोलेशनमा राखिएको जानकारी दिएको थियो । त्यही उनीहरुको थ्रोट स्वाब परीक्षण गरिएको थियो ।

२१ जनाको परीक्षण गरिएकोमा तीनजनाको पोजेटिभ देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको ल्याब परीक्षण गरिएको र पुन यकिन गर्न २९ चैत्रमा पुनः परीक्षण गरिएकोमा त्यहाँबाट पनि पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमित तीनैजना पुरुष भएको र उनीहरुको उमेर ३७, ४४ र ५५ वर्षको रहेको जानकारी दिएको छ ।

उनीहरुको संसर्ग र गएको स्थान समेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यहरु भइरहेको मन्त्रालयले जनाएको छ ।

संक्रमित को हुन्
दशौं संक्रमितः वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
एघारौं संक्रमितः वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
बाह्रौं संक्रमितः वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!