आइतबार, मंसिर २९, २०७६ || 1533  पटक पढिएको

हिपमत डटकम
खोटाङ, २९ मंसिर ।

खोटाङको रावाबेशि गाउपालिका(४ रमितेभिर स्थित भित्रि सडक खण्डमा बोलेरो सडकबाट तला खस्दा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा डुम्रेधारापानिबाट रावाखोला तर्फ जादै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अंदाजी १५०० मिटर तल खसेर दुर्घटना भएको थियो । घटनाबारेमा प्रहरी चौकी डुम्रेधारापानिमा जानकारी हुनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलीले बोलेरो चालक सल्यान जिल्ला सारदा नगरपालिका(११ बस्ने बर्ष २६ को राम बहादुर कुवर गम्भिर घाइते भएकोले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल खोटाङ लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा परेर बोलेरोमा सवार खोटाङको रावाबेशि गाऊपालिका(४ गुहेले बस्ने बर्ष ४० को रमेश अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!