आइतबार, चैत्र ३०, २०७६ || 1104  पटक पढिएको

रक्सीका अम्मली एक ३५ वर्षीय व्यक्ति लकडाउनका कारण हैरान थिए । अन्तत उनले तलतल मेट्न सेनिटाइजर पिए । घटना भारतको दक्षिणी राज्य तमिलनाडुको हो । सेनिटाइजर सेवनकै कारण यी व्यक्तिको मृत्यु भएको छ । बनार्ड नामका यी व्यक्ति क्वेम्बाटोर शहरका बासिन्दा रहेको इन्डिया टुडेले जनाएको छ । उनी ग्यास सिलिन्डर डेलिभरी गर्न गर्थे । उनको कार्यालयले नै हातमा लगाउनका लागि सेनिटाइजर उपलब्ध गराएको थियो ।

लकडाउनका कारण तमिलनाडुमा रक्सी पसलहरु बन्द छन् । जसकाकारण बनार्डलाई आफ्नो लत छाड्न निकै मुस्किल परेको थियो । बनार्डकी श्रीमती प्रियाका अनुसार उनी यो घटना हुँदा घरै थिइन् र लगत्तै श्रीमान्लाई अस्पताल लिएर गएकी थिइन् । अस्पतालमा उनलाई मृत घोषणा गरियो । यस विषयमा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!