प्रकाश प्रेमी
हिपमत डटकम
विराटनगर, २८ मंसिर ।

पुर्वाञ्चलकै पहिलो स्वर संगम संगीतालयले आफ्नो रजत ज्यन्तीको उपलक्ष्मा एक कार्यक्रमबीच कलाकारहरुलाई नगद सहित सम्मान गरेका छ ।
स्थानीय विरेन्द्र सभागृहमा आयोजना गरिएको रजत ज्यन्ती कार्यक्रममा वरिष्ठ सास्त्रीय गायक भोला प्रसाद राई, वरिष्ठ गीतकार संगीतकार शिवसंकर थापा र वरिष्ठ लोक गायक एल पी जोशीलाई नगद ११,०००÷– सहित स्रष्टा सम्मानले सम्मानित गरेको छ । त्यस्तै नेपलकै ठूलो रियाल्टी शो द भ्वाइस अफ नेपाल बाट चर्चामा आएका गायक बलबहादुर राजवंशीलाई नगद रु.५,०००÷– सहित प्रतिभा सम्मानले सम्मानित गरेको छ ।
संगीतालयका संस्थापक अध्यक्ष कुशेश्वर राईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वगर संगीतालयले प्रतिभाशाली वालवालिका तथा युवायुवतीहरुलाई कुशल गायक तथा संगीतकार बनाउन सफल भएको भन्दै संगीतालयको उन्नती प्रगतीको कामना गर्नु भयो । त्यस्तै विशिष्ठ अतिथि सांसद खेम नेपाल तथा मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मून्दड़ा सहितका अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा संगीतलायलका कलाकारहरुद्वारा प्रस्तुत गरिएको सामुहिक सास्त्रीय संगीत सहित विभिन्न गीत संगीतबाट दर्शकहरु आन्नदित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!