खबर ठुलो छ

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका तीन जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । शनिबारदेखि शुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताउनुभयो । हालसम्म हुम्लामा बाहिरबाट भित्रिएका करीब ८७४ जनाकै आरडिटी हुने भएको छ । कर्णाली प्रदेश सरकारबाट जिल्लामा सामग्री पुगेसँगै यो जाँच गर्न शुरु गरिएको हो । आजदेखि कोरोना जाँचका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयका ल्याब टेक्निसियन बलिराज भण्डारीलाई ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चंखेली गाउँपालिकातर्फ पठाउने तयारी भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिनभयो । उत्तरी नाम्खा गाउँपालिकाका क्वारेन्टाइनका लागि भने प्राविधिक भक्ति फडेरालाई पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा नवीन रोकायाले बताउनुभयो । सो जाँच छिटो गर्नका लागि जिल्लाका सात वटै स्थानीय तहलाई सहयोगका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुरोधसमेत गरेको छ ।

आइतबार, चैत्र ३०, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया