बँगलादेशका राष्ट्रपिता शेख मुजिबर रहमानको हत्या गर्ने दोषीलाई ४५ वर्षपछि फाँसीको सजाय दिइएको छ । पूर्व सैनिक अधिकृत अब्दुल मजिदलाई शनिबार मध्यराति झुण्ड्याएर फाँसी दिइएको जनाइएको छ ।

अलजजिराले जेलका अधिकारीलाई उदृत गर्दै जनाए अनुसार ढाका नजिकैको केरानिगञ्जको जेलमा मजिदलाई मध्यराति झुण्ड्यइएको थियो । उनलाई १२ बजेर १ मिनेटमा झुण्ड्याइएको थियो । मजिदले सार्वजनिक रुपमा रहमानको हत्या गरेको स्वीकारेपछि ढाकाबाट मंगलबार पक्राउ गरिएको थियो । फाँसी दिइनु अघि मजिदलाई शनिबार राति परिवारका सदस्यले भेटेका थिए ।

मजिद सेनेगलका लागि बँगलादेशका पूर्व राजदूत पनि हुन् । उनी लामो समयसम्म भारतमा लुकेर बसेको उल्लेख छ । उनलाई तत्कालिन सैनिक प्रमुख जिआउर रहमानले मुजिबरको हत्याकाण्डमा भूमिका खेलेवापत् पुरस्कृति गर्दै राजदूत बनाएका थिए । जिआउर पछि राष्ट्रपति पनि भए र सन् १९८१ को सैनिक कू मा मारिए ।

बँगलादेशकी प्रधानमन्त्री खालिदा जिया त्यहाँका राष्ट्रपिता मुजिबर रहमानकी छोरी हुन् । विपक्षी दलकी नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जिया पूर्व सैनिक प्रमुख समेत जिआउर रहमानकी पत्नी हुन् । बँगलादेशमा यी दुई महिला राजनीतिमा पक्ष प्रतिपक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!