शनिबार, चैत्र २९, २०७६ || 1079  पटक पढिएको

लामो समय लकडाउन भएपछि आ­आफ्नो गन्तव्यमा पैदल हिँडेका सर्वसाधारणलाई लक्षित गर्दै यहाँका युवा उद्यमीले निःशुल्क खाना खुवाउन थालेका छन् । नेपाली युवा उद्यमी मञ्चले गत आइतबारदेखि नारायणगढको पुल्चोकमा यसरी खाना खुवाउन थालेको हो । अभियानका संयोजक कृष्ण सापकोटाका अनुसार हालसम्म एक हजार ४७५ जनालाई खाना खुवाइसकिएको छ । सापकोटाकै नारायणगढमा रहेको वैष्णव मिष्ठान्न भण्डारको भान्सामा खाना बनाएर प्याकिङ गरेर खाना खुवाइँदै आएको छ । पुल्चोकसँगै चितवन मेडिकल कलेजका बिरामी कुरुवा, चौबिसकोठी, आँपटारी, गैँडाकोटलगायतका क्षेत्रमा खानाको अभाव भोगिरहेकालाई खाना खुवाइएको छ । मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार बिहान, बेलुका दाल, भात, तरकारी र दिउँसो बिरियानी खुवाइँदै आइएको छ । साथमा एक बोतल पानी उपलब्ध गराइएको छ । घिमिरेको भनाइमा सबैभन्दा टाढाको यात्रा झापाबाट बर्दियाका लागि आएका पैदलयात्रीले खाना खाएका छन् । यस्तै राजधानीबाट विभिन्न जिल्ला जान आउने रहेका छन् । सबैभन्दा बढी बर्दिया जान हिँडेका रहेको घिमिरेले जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, “यस क्षेत्रमा भोकभोकै कोही तड्पिनु पर्दैन हामी छौँ ।” मञ्चको आफ्नो सङ्कलित रकमबाट खाना खुवाइएको छ । एक जनालाई रु १२५ बराबरको खाना खुवाइँदै आइएको छ । मञ्चमा ५० जना युवा उद्यमी छन् । पुल्चोकमै व्यवसाय गर्नुहुने समाजसेवी राम श्रेष्ठले मञ्च धेरैको साहारा बनेको बताउनुभयो । यस बेलामा आउने जाने जो कोही भोकभोकै हिँड्नु नपरेको उहाँले बताउनुभयो । मञ्चका देशभरमा सातवटा शाखा छन् । मञ्चका केन्द्रीय अध्यक्ष निकोलश पाण्डे अहिलेको सङ्कटका अवस्थामा सबैले आआफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्ने बताउनुहुन्छ । केन्द्रीय समितिले नेपाल सरकारको राहत कोषमा रकम जम्मा गर्न गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!