शनिबार, चैत्र २९, २०७६ || 1325  पटक पढिएको

कोरोना भाइरसले विश्वलाई हल्लाउने अमेरिकालाई हल्लाएको छ । साढे ३ महिनाको अवधिमा विश्वमा १७ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् ।एक लाख दुई हजार सात सय ३४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३ लाख ७६ हजार भनद बढी निको भएको छ । विश्वभर नै हल्लीखल्ली मच्याएको कोरोनाको असर सबैभन्दा बढी विकसित राष्ट्रहरुमै परेको छ ।

अमेरिकासहित युरोपेली राष्ट्रहरुलाई कोरोनाले असर पुर्याएको छ । सबैभन्दा बढी असर अमेरिकालाई पुर्याएको छ । अमेरिकामा ५ लाख भन्दा बढी मानिसलाई संक्रमण भएको छ । १८ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।अमेरिकामा ढिला गरी कोरोना सुरु भए पनि संक्रमितको संख्यामा असोचनीय तरीकाले वृद्धि भएको छ । मृत्युको संख्यामा पनि अमेरिकाले सबैलाई पछाडि पार्दैछ ।

एकै दिन दुई हजार भन्दा बढीको दरले मृत्यु हुन थालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले यो तथ्यांकले शव व्यवस्थापनमा समस्या उत्पन्न भएको समेत जनाएको छ ।बीबीसीका अनुसार न्यूयोर्कमा सामूहिक शव गाड्ने काम भइरहेको छ । छुट्टाछुट्टै शव गाड्न समस्या हुने भएपछि संक्रमणबाट मृत्यु भएकाहरुलाई सामूहिक रुपले गाडिएको हो ।अमेरिकापछि दोस्रो स्थानमा स्पेन रहेको छ । स्पेनमा १ लाख ५८ हजार २ सय ७३ जना संक्रमित भएका छन् । मृत्यु भएकामा स्पेन तेस्रोमा छ । स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ । सम्पूर्ण देशहरु लकडाउन भएको छ कति पाय देशहरुले लकडाउनको अवधि लम्ब्याई सकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!