शनिबार, चैत्र २९, २०७६ || 688  पटक पढिएको

बाँकेमा कोभिड–१९ को ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण शुरु भएको छ । भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बैजनाथ गाउँपालिकाको एकान्तवासमा बसेर १४ दिनको अवधि गुजारेका दुईमा किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ । ती व्यक्तिको परीक्षण गरेर नेगेटिभ देखिएमा घरमा थप सात दिन एकान्तबासमा बस्ने गरी पठाइने छ । पोजिटिभ नतिजा आएमा भने एकान्तबासमा राखी पुनः पिसिआर प्रविधिबाट जाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइने श्रेष्ठले बताउनुभयो । परीक्षणका लागि बाँकेमा पाँच सय थान आरडिटी आएको छ । बाँकेमा अहिले ४९१ जना एकान्तबासमा छन् । आरडिटी किटबाट परीक्षण शुरु भए पनि लागि पोलिमर चेन रिएक्सन (पिसिआर) यन्त्रबाट भेरी अस्पतालमा कोरोना भाइरस परीक्षण गर्न भने अझै एक हप्ता लाग्ने भएको छ । पिसिआर यन्त्रको जडान भइरहेकाले सेवा सञ्चालन गर्न समय लाग्ने भेरी अस्पतालका निमित्त प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो । अझै एक हप्तासम्म यन्त्र जडानका लागि समय लाग्ने उहाँको अनुमान छ । क्वारेन्टाइनबाट ५५ जना घर फिर्ता नवलपरासी ः नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का क्वारेन्टाइनमा बसेका ५५ जना १४ दिनपछि घर फर्केका छन् । जिल्लामा बाँकी रहेका १४० जना अहिले पनि क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । जिल्लाका सात स्थानीय तहमा कुल १४ स्थानमा ३१६ शय्याका क्वारेन्टाइन छन् । यसबाहेक पृथ्वी चन्द्र अस्पताल, शहीद स्मृति सामुदायिक अस्पताल, चिसापानी अस्पताल र नेपाली सेना कालीध्वज गणमा आइसोलेशनको समेत व्यवस्थापन गरिएको छ । जिल्लामा रहेका विभिन्न क्वारेन्टाइन र आइसोलेशन वार्डमा ११५ मात्र गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पिपिई ) छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा १४ दिनसम्म निरन्तर बसेका २० जनालाई कोरोना संक्रमण भए वा नभएको पत्ता लगाउन रेपिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण शुरु गरिएको छ । परीक्षण गरिएकामध्ये २० जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!