शनिबार, चैत्र २९, २०७६ || 588  पटक पढिएको

राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम नदीजन्य पदार्थको अभावले ठप्प भएको छ । कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले नदीजन्य पदार्थ निकाल्न निर्माण कम्पनीले नपाएपछि काम ठप्प हुने अवस्थामा पुगेको विमानस्थल निर्माण कम्पनीले जनाएकोे छ । सो विमानस्थलको करीब १० प्रतिशत काम मात्र बाँकी छ । धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न भइसकेको उक्त विमानस्थलको पेरिमिटरको सडक निर्माण, टर्मिनल र एप्रोनबीचको भाग ढलान र उपकरण जडान गर्न बाँकी रहेको बताइएको छ । चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेकोे विमानस्थल सन् २०२० मार्च ३१ सम्म सम्पन्न हुनुपर्ने अन्तिम म्याद थियो । आयोजनाका लागि निर्माण कम्पनीका प्रतिनिधि र बुटवल उपमहानगरपालिकाबीच तिनाउबाट बालुवागिट्टी ल्याउने सम्झौता फागुनमा भए पनि बन्दाबन्दीका कारणले रोकिएको विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । उनन्नतीस चिनियाँ प्राविधिक –कामदार र ८० नेपाली कामदार आन्तरिक क्वारेन्टाइनमा बसेर काम अगाडि बढाउन तयार भए पनि नदीजन्य सामग्रीको अभावले कुनै काम नभएको अधिकारीले बताउनुभयो । निर्माण कम्पनीले वैशाख र जेठभित्र नदीजन्य वस्तु निकाल्न नपाए विमानस्थल निर्माणको काम थप एक वर्ष लम्बिने अनुमान गरिएको छ । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले सन् २०१४ डिसेम्बर ३१ मा रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ मा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो । सो कम्पनीले सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्माण कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!