साउदीको एउटै कोठामा रहेका २२ जना नेपालीले आफुहरुलाई उद्दार गर्न भिडियो मार्फत आग्रह गरेका छन् । पाँच महिना देखि एउटा कोठामा बसेका उनीहरु एक छाक खाएर बसेको बताएका छन् । आफुहरुले काम गरेको कम्पनीले वेवास्ता गरेपछि एउटै कोठामा बसेका उनीहरु कोरोना पछिको लकडाउनपछि थप समस्यामा परेका छन् । उनीहरुले मोवाइलमा खिचेको भिडियो सार्वजनिक गरेर उनीहरुले आफुहरुलाई तत्काल आफुहरुलाई उद्यार गर्न आग्रह गरेका हुन् ।

विदेशमा रहेका थुप्रै ब्यक्तिको उद्यार गरेका अर्का पत्रकार रवि लामिछानेलाई पनि यसवारेमा जानकारी गराउँदा पनि वेवास्ता गरिएको भन्दै उनीहरु निरासामा परेका छन् । उनीहरु एउटा कोठामा बस्न पनि नमिल्ने अवस्थामा कसरी यतिका समय बिताए होलान् कल्पना पनि गर्न सकिदैन । साउदी अरवको रियादमा रहेका उनीहरुले आफुहरु बसेको कोठावाट आफुहरुको विजोग अवस्थाको भिडियो सार्वजनिक गरेका हुन् ।

डिसेम्बर देखि आफुहरु बेखर्ची भएको र एउटै कोठामा बसेको बताएका छन् । उनीहरुले आफुहरुलाई कप्पनीले अलपत्र पारेको बताएका छन् । काम गरेको कम्पनीले तलब पनि दिएको छैन । जुन मेनपावरले पठाएको हो त्यो मेनपावरले भोली भोली भन्दा भन्दा महिनौं बितेको बताएका छन् । सरकारलाई बारम्बार आग्रह गर्दा पनि कसैले सुनुवाई नगरेको बताए । कोठामा रहेका एक ब्यक्तिले भने, हिँजो बिहान एक गास ल्याएर दिएको हो, त्यसपछि कोही आएको छैन । २४ घण्टा भन्दा बढी भयो हामी भोकै छौं । एउटै कोठामा अहिले २२ जना बसेका छौं ।

दुई दिनमा एक छाक खान दिने गरेको र पीउने पानी पनि नहुँदा शौचालयको पानी मात्र खाएर बस्नु परेको बताए । यज्ञप्रसाद हुमागाई (सर्लाही) ले भने, म डिसेम्बरको ९ तारिखमा आएको हुँ, मेनपावरले भने अनुसारको काम पनि पाइएन जुनमा काम गरेको हो त्यसले तलब पनि दिएन । उनीहरुले दुतावासमा पनि खबर गर्दा साउदीको नियम अनुसार ३ महिना यसैगरी बस्नुपर्छ भनेर आफुहरुलाई भनेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!