खबर ठुलो छ

सरकारले घोषणा गरेको लकडाउनको समयमा विद्यार्थीहरु घरमा नपढेपछि जिल्लामा रहेका विद्यालयले विद्यार्थीलाई केन्द्रित गर्दै अनलाइन कक्षा सञ्चालन गरेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा एसइई परीक्षा दिने तयारीमा २२४ विद्यालयका ११ हजार २५४ रहेका छन् । विद्यार्थी र शिक्षकको समय मिलाएर हरेक दिन कुनै एक समयमा अनलाइन कक्षा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । एक दिन एउटा विषयको पढाइ हुने गरेको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “कडाउनको समयमा विद्यार्थी घरमा पढ्न नमानेको गुनासो आउन थालेपछि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका हुन ।” अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । अझै पनि केही विद्यार्थी सो एपभन्दा बाहिर रहेका कारण उनीहरुलाई पनि सम्पर्कमा ल्याउन खोजिएको उहाँले जानकारी दिनुभयो । लकडाउनको समयभर विद्यार्थीलाई शिक्षकले फोनमार्फत निगरानी गरिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “इन्टरनेटको सुविधा भएका स्थानमा अनलाइन कक्षा सञ्चालन गरिएको छ भने अन्य स्थानमा मोबाइलबाट निगरानी गरिएकोछ ।” विद्यार्थी परीक्षाको तयारीबाट बिचलित नहुन भनेर विद्यालयले शिक्षकलाई यसको जिम्मेवारी दिएको सुवेदीले बताउनुभयो । लकडाउनको समयमा विद्यार्थीले पढेनपढेको बुझ्नका लागि अभिभावकसँग पनि नियमित सम्पर्क बढाउन लगाइएको छ ।

शुक्रबार, चैत्र २८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया