गुल्मीका सबै स्थानीय तह र तम्घास अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) प्रदान गरिएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहलाई २०–२० थान र तम्घास अस्पताललाई ६० थान गरी कूल ३०० पिपीइ प्रदान गरिएको हो । गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टको व्यक्तिगत पहलमा आएका पिपीइ प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तहका प्रमुख र अस्पतालका प्रमुखलाई हस्तान्तरण गर्नुभयो । जिल्लाका स्वास्थ्यकर्मीलाई पिपीइ नहुँदा केही दिन पहिले ‘पिपीइको अभावमा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर’ शीर्षकमा राससमा समाचार प्रकाशन भएको थियो । मनोबल बढेको छ ः स्वास्थ्यकर्मी पिपीइ पाएपछि आफूहरूको मनोबल बढेको स्वास्थ्यकर्मीले बताएका छन् । “पहिले बिनाहतियार कोरोनाविरूद्धको युद्धमा होमिएका थियौँ, अब हतियार प्राप्त भएको छ”, रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले भन्नुभयो, “सबै स्वास्थ्यकर्मीलाई उपचारको काममा खटाउन सहज भएको छ ।” सो नगरपालिकामातहतमा अहिले ३३ स्वास्थ्यकर्मी छन् । मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्तराज भुसालले पनि पिपीइ अब एम्बुलेन्स चालकलाई पनि प्रदान गरिने बताउनुभयो । गाउँपालिकासँग पहिले नै केही थान रहेको र अहिले २० थान प्राप्त भएपछि सबै स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई समेत पुग्ने बताउनुभयो । तर पर्याप्त मास्क र स्यानिटाइजरको भने अझै अभाव रहेको उहाँले बताउनुभयो । थर्मलगन र मास्क पठाउने तयारी सासंद विष्टले जिल्लामा अभाव रहेको थर्मलगन र मास्क पनि पठाउने तयारी गर्नुभएको छ । थर्मलगन ५० र मास्क २५ हजार थान पठाउन लागिएको विष्टको सचिवालयले जनाएको छ । सांसद् विष्टले विपन्न र दैनिक ज्यालादारीका मजदुरलाई पनि स्थानीय तहमार्फत राहत सामग्री उपलब्ध गराउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!