खबर ठुलो छ

कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीका अनुसार बिहीबार शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० जना भारतबाट फर्केका व्यक्तिको र्यापिड टेस्ट गरिएको हो । क्वारेन्टाइनमा रहेका व्यक्तिसँगै पाँच स्वास्थ्यकर्मी र होम क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पनि र्यापिड टेष्ट गरिएको छ । टेष्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ आएको सुपरभाइजर जोशीले बताउनुभयो । यस्तै बेलडाँडी गाँउपालिकाको क्वारेन्टाइनमा रहेका १२ जनाको र्यापिड टेष्ट गरिएको छ । र्यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले बताउनुभयो । वेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेका क्वारेन्टाइनमा बस्दै आएका १५ जनाको समेत र्यापिड टेष्ट गरिएको छ । कञ्चनपुरमा भारतबाट फर्केका २३२ जना क्वारेन्टाइनमा छन् । सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ जिल्लामा र्यापिड टेष्ट विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना भाइरस जाँँच गर्ने निर्णय गरेको थियो । तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले र्यापिड टेष्ट विधिबाट परीक्षण गर्न शुरु गरेको हो । नेपालमा देखिएका नौ जना कोरोना सङ्क्रमितमध्ये कैलालीमा तीन, कञ्चनपुरमा एक र बाग्लुङमा दुई जना रहेका छन । कैलालीका तीन र कञ्चनपुरका एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार, चैत्र २८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया