खबर ठुलो छ

भुवन दाहाल
हिपमत डटकम
बिराटनगर, मंसिर २७ गते ।

बिराटनगरको शहिद रंगशालामा आजदेखि प्याब्सन बिराट कप २०७६ को पहिलो संस्करण सुरु भएको छ। प्याब्सन बिराटनगरद्वारा आयोजित यस प्रतियोगितामा बिराटनगर प्याब्सन अन्तर्गतका ७८ निजि बिद्यालय मध्ये ४० निजि बिद्यालयहरुको सहभागिता रहेको छ । पुष १ गते सम्म चल्ने नकाउट स्तरिय प्रतियोगिताको बिजेता स्कुलले सुन चादी र पित्तलबाट बनेको रंनिग शिल्ड्को साथमा ट्रफी र मेडल हात पार्ने छ। प्रतियोगिता अन्तर्गत आज ४ खेल भएका छन्। सेन्ट जोसेफस्कुल बिराटनगर र सप्तकोशी स्कुल बीच भएको पहिलो खेलमा ट्राई ब्रेकरमा सप्ताकोशिलाई ५(४ गोल अन्तरले पराजित गर्दै सेन्ट जोशेफ अग्गिलो चरणमा प्रवेश गरेको छ। दोस्रो खेलमा भने जेम्स स्कुल बिराटनगरलाई ट्राई ब्रेकरमा ४(३ गोल अन्तरले पराजित गर्दै गोदावरी स्कुल अर्को चरणमा प्रवेश गरेको छ। आजै भएको अर्को खेलमा ड्वन स्कुल बिराटनगरले ए वान क्वालिटी स्कुल बिराटनगरलाई ३(० गोल अन्तरले पराजित गरेको छ भने अन्तिम खेलमा जनक स्कुल बिराटनगरले सनशाईन स्कुल बिराटनगरलाई ४(० गोल अन्तरले पराजित गरेको छ। प्रतियोगिताको फाइनल पौष १ गते बिराटनगरको शहिद रंगशालामा हुनेछ।

शुक्रबार, मंसिर २७, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया