शुक्रबार, चैत्र २८, २०७६ || 776  पटक पढिएको

कोरोना सङ्क्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) हाइ प्रेसर वाटर स्प्रे मेसिन प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यलाई उक्त मेसिन हस्तान्तरण गर्नुभयो । प्रमुख जिसीले अस्पतालमा धेरै मान्छे आवतजावत हुने भएकाले सङ्क्रमण फैलिन नपाओस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरेकोे बताउँदै स्प्रेको प्रयोगबाट कोरोनाको भाइरस १० मिनेटमा मर्ने बताउनुभयो । निर्देशक डा अर्जुन आचार्यले अस्पताललाई सुरक्षित बनाउन महानगरले गरेको सहयोगले सङ्क्रमण रोक्न सघाउने विश्वास व्यक्त गर्नुभयो । यस्तै महानगरपालिकाले स्थापना गरेको राहत कोषमा मन्टेश्वरी एशोसिएशन कास्कीले रु ५५ हजार ५५५ सहयोग गरेको छ । मन्टेश्वरी एशोसिएशन कास्कीका अध्यक्ष मिलन केसीले प्रमुख जिसीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!