शुक्रबार, चैत्र २८, २०७६ || 537  पटक पढिएको

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गर्नुभएको छ । नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशमा समन्वयको जिम्मेवारी पाउनुभएकी खानेपानीमन्त्री बिना मगरलाई बिहीबार राज्यमन्त्री मानन्धरले २०० थान पिपीइ सेट हस्तान्तरण गर्नुभएको हो । नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घको सहयोगमा उक्त पिपीइ सेट हस्तान्तरण गरिएको हो । खानेपानीमन्त्री मगरले उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो । मन्त्री मगरले सुदूरपश्चिम कोरोना सङ्कटको इपिसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापूर्वक काम गरिरहेको जानकारी दिनुभयो । राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!