बिहिबार, चैत्र २७, २०७६ || 613  पटक पढिएको

सुदुरपश्चिमका चार जनामा कोरना भाइरसको सङ्क्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रिनिङ गर्ने कार्यमा तीव्रता दिएको छ । अस्पतालमा भारतसहित तेस्रो मुलुकबाट आएकाको स्क्रिनिङ गर्न थालिएको हो । सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाका पनि स्वाब परीक्षणका लागि पठाइन थालिएको डडेलधुरा अस्पतालका निमित्त मेडिकल प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । स्थानीयमा पहिलोपटक सुदुरपश्चिममा कोरना भाइरसको सङ्क्रमण देखिएसँगै डडेल्धुरा अस्पतालमा दिनहँु दुई–तीन जनाको स्क्रिनिङ गरेर स्वाब परीक्षणका लागि पठाइन थालिएको उहाँले बताउनुभयो । अहिलेसम्म डडेल्धुरा अस्पतालमा दुई आइसोलेसनमा छन् । धनगढीमा कोरना भाइरसको परीक्षणका लागि ल्याब सञ्चालनमा आएपछि परीक्षणका लागि सहज भएको छ । जिल्लाभरि १०४ क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका बरिष्ठ जनस्वास्थ्य प्रशासक ओशुतोष श्रेष्ठले जानकारी दिनुभयो । सुदूरपश्चिममा करिब भारतबाट नेपाल भित्रिएका रु एक लाख ५० हजारमध्ये ८० प्रतिशत सात पहाडी जिल्लाका बासिन्दा रहेका सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयलले जानएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!