खबर ठुलो छ

हेटौँडालाई काठमाडौँसँग जोड्ने चल्तीको मदन भण्डारी मार्गलाई फराकिलो पार्न लकडाउन वरदान सावित भएको छ । सडक खाली भएकाले अहिले वाग्मती प्रदेश सरकारले सो मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी सडकखण्डलाई निर्धक्कसँग फराकिलो बनाउने काम भइरहेको छ । “लकडाउनका कारण देशमा असहजिलो स्थिति छ, तर हामीले यसलाई मौकाकै रूपमा सदुपयोग गरेका छौँ, यो चरणमा सम्पन्न गरिने १६ किलोमिटरमध्ये आठ किलोमिटर सडक फराकिलो बनाउने काम सम्पन्न भइसकेको छ”, वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फँुयालले भन्नुभयो । दूरी व्यवस्थापनलगायत कोरोना भाइरससँग सम्बन्धित सबै प्रकारका सुरक्षा र सावधानीलाई पूर्णरूपमा पालना गर्दै काम गरिएको मन्त्री फुँयालले जानकारी दिनुभयो । भीमफेदीबाट कुलेखानीसम्मको १५.५ किलोमिटर सडक फराकिलो पारी कालोपत्र गर्ने कार्यका लागि प्रदेश सरकारले रु ३२ करोडमा मोतीदाना कम्पनीलाई ठेक्का दिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानी गरी दुई खण्डमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले चार मिटरको हालको बाटोलाई छ मिटरको चौडा बनाएर २०७७ फागुनसम्ममा कालोपत्र तथा ढलसमेतको काम सम्पन्न गरिसक्नुपर्ने छ ।

बिहिबार, चैत्र २७, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया