बिहिबार, चैत्र २७, २०७६ || 558  पटक पढिएको

कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ । कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समिति (पिआरटी) को बैठकले यस्तो सिफारिस गरेको हो । एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने प्रनाउ काफ्लेले बताउनुभयो । जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा पनि प्रहरी लागेको छ । कोषमा रकम जम्मा मेलम्ची नगरपालिका रु २५ लाखको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ । रु २५ लाखको कोष स्थापना गरेर अगाडि बढेको नगरपालिकालाई र नेपाल बैंक लिमिटेडले रु ३५ हजार सहयोग गरेको छ । नगरपालिकाको सो कोषमा इच्छुकले रकम जम्मा गर्न सक्ने उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । स्वाथ्यकर्मी २४सै घण्टा काममा सुनकोशी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई २४सै घण्टा काममा खटाइएको छ । गापामा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्वास्थ्यकर्मीलाई यस्तो ड्युटीको व्यवस्था मिलाइएको हो । दैनिक रु एक हजार २०० भत्ता दिएर स्वास्थ्यकर्मीलाई २४सै घण्टा काममा खटाइएको गाउँपालिकाका अध्यक्ष श्रवण जिसीले जानकारी दिनुभयो । गापाभर १० स्वास्थ्यचौकी छन् भने ३५ स्वास्थ्यकर्मी कार्यरत छन् । प्रत्येक स्वास्थ्यचौकीमा हेल्थ असिस्टेन्ट, अहेव र अन्य दुई सहायक कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!