बिहिबार, चैत्र २७, २०७६ || 595  पटक पढिएको

यहाँका नौ स्थानीय तहमा रहेका बहुउद्देश्यीय भवन, खेलकूद मैदान र विद्यालयमा गरी ३० स्थानमा एकान्तवास बनाइएको छ । तीन सय ५६ जनाको क्षमताका एकान्तवास भए पनि हाल ८६ जना मात्रै बसेका छन् । स्वर्गद्वारी नगरपालिकाले ४७ व्यक्तिलाई एकान्तवासमा राखेको छ । सात सय ३४ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएको र तिनलाई विद्यालयमा बनाइएको एकान्तबासमा राखिएको नगर प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिनुभयो । एकान्तबासमा बसेकालाई पालिकाले प्रतिव्यक्ति रु २५० प्रतिदिनको सुविधा प्रदान गरेको छ । ऐरावती गाउँपालिकामा ३२, नौबहिनीमा तीन र माण्डवी गाउँपालिकाले छ जनालाई विद्यालयमा बनाएको एकान्तवासमा राखेको स्थानीय तहले जानकारी दिएका छन् । प्यूठान नगरपालिका तथा गौमुखी, झिमरुक, मल्लरानी र सरुमारानी गाउँपालिकामा रहेका एकान्तवास रित्तै छन् । प्यूठान नगरपालिकामा ४७२ जना भित्रिएकामा ४४९ जना भारत र २३ जना तेस्रो मुलुकबाट भित्रिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो । ३ प्रतिशत मात्रै क्वारेन्टाइनमा जिल्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएका तीन प्रतिशत मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइनमा छन् । जिल्लामा भित्रिएकाहरुलाई केही स्थानीय तहले न्यून संख्यामा क्वारेन्टाइनमा राखेका छन् भने बाँकी स्थानीय तहमा क्वारेन्टाइनमा रहेको संख्या शून्य छ । जिल्लामा भारत, कतार, मलेसिया, यूएईलगायत देशमा रोजगारको सिलसिलामा गएकाहरु बुधबारसम्म दुई हजार ९३० जना भित्रिएको तथ्यांक छ । त्यसमध्ये पाँच जना कोरोना विशेष अस्पताल बेल्झुण्डी, दाङको आइसोलेशनमा तथा ८६ जना सुरक्षित रुपमा क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । जिल्लाबाट हालसम्म सात जनाको स्वाब परीक्षणको नमूना पठाइएकामा दुई नेगेटिभ रिर्पोट आएको छ भने बाँकी ५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल बेलझुण्डीमा पठाइएकामा रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख सुवेदीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!