बेलायतमा कोरोना संक्रमणबाट दुई भूतपूर्व गोर्खाहरुको मृत्यु भएको छ ।लन्डनमा बस्दै आएका भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन् ।पर्वत पैंयूखोला स्थायी घर भई हाल लन्डनको वेम्ली बस्दै आएका ५९ वर्षीय गुरुङ तमुधिं लन्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए । तमुधिं लन्डन इकाइका पूर्व अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ का अनुसार गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा सेवा गरेका उनको आर्मी नम्बर २११६३२४१ हो ।यसैगरी, बेलायतकै नटिङहममा बस्दै आएका अर्का एक भूतपूर्व गोर्खाको पनि मृत्यु भएको छ ।५८ वर्षीय शिव श्रेष्ठ विगत केहि दिनदेखि आइसोलेसनमा बस्दै आएका थिए ।उनको नटिङहमस्थित स्थानीय हस्पिटलमा मृत्यु भएको हो । उनी बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।उनको मृत्यु कोरोनाबाटै भएको हो वा अन्य कुनै कारणले हो सो को पुष्टि भने भैसकेको छैन । बिहान ३ बजेतिर स्वास्थ्यस्थिति कमजोर भएपछि आफैले एम्बुलेन्स बोलाएर अस्पताल गएका श्रेष्ठको साँझ ५ बजे मृत्यु भएको हस्पिटलले जानकारी गराएको थियो ।अस्पतालले कोरोनाको आशंका गरेपनि मृत्युको कारणबारे आधिकारिक रिपोर्ट बिहीबार मात्रै उपलब्ध हुने बताइएको छ ।नेपालमा सोलुखुम्बु घर भएका श्रेष्ठ श्रीमती र दुई छोरासहित लामो समयदेखि नटिङहममा बस्दै आएका थिए । सामाजिक क्षेत्रमा समेत रुची राख्ने स्व श्रेष्ठ नेपाली समाज नटिङहमका संस्थापक सदस्य समेत रहेका थिए ।यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वेलायतमा बुधबार साँझ सम्म ४ नेपाली सहित ७ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!