बिहिबार, चैत्र २७, २०७६ || 693  पटक पढिएको

इटलीमा आइतबारपछि कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।साथै, नाजुक स्थितीका बिरामीको संख्यामा पनि कमी आएको छ । तर संक्रमितको संख्यामा भने कमी आउन सकेको छैन । यहाँ दैनिक संक्रमितको संख्या बढ्दो छ । तसर्थ, चिन्ता अझै पनि बाँकी छ ।यहाँ सुरुवाती चरणको तुलनामा परीक्षणको संख्या पनि बढाइएको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ हालसम्म कूल १ लाख ३९ हजार संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३६ संक्रमित भेटिएका छन् भने ५ सय ४२ जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।एक लाख बढी संक्रमितमध्ये ३ हजार ६ सय ९३ को स्थिती गम्भीर छ । यहाँ २६ हजार ४ सय ९१ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया