बुधबार, चैत्र २६, २०७६ || 572  पटक पढिएको

भोजपुरको आमचोक गाउँपालिका-९ रुक्सेमा खाद्यान्न बोकेको ट्याक्टरलाई रोकेर नगद लुटपाट गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । सोमवार राती पौने ९ बजेको समयमा भोजपुरको रानीटारबाट खाद्यान्न बोकेर बालंखा तर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई रोकेर ट्याक्टर चालकको साथमा रहेको नगद २१, ५०० लुटपाट गर्ने आमचोक गाउँपालिका-८ का ३२ बर्षीय लोक बहादुर खत्री, १७ बर्षीय प्रमोद खत्री, १९ बर्षीय पदम श्रेष्ठ, १७ बर्षीय मनिष श्रेष्ठ, १६ बर्षीय निशान तामाङ, ३० बर्षीय ठकुन तामाङ र १८ बर्षीय देवराज तामाङलाई मंगलवार दिउँसो गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका ७ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!