बुधबार, चैत्र २६, २०७६ || 753  पटक पढिएको

भोजपुरको षडानन्द नगरपालिका-१० का ६९ बर्षीय हस्त बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । मंगलवार बिहान पौने १० बजेको समयमा घर नजिकै रहेको काब्राको रुखमा चढेर घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएका राईलाई उपचारको लागी मनकामना अस्पताल तुम्लिङटार लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतकको शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारीमा पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!