विराटनगरमा पनि कोरोना परिक्षणको लागि श्वाब टेस्ट गर्ने बुथ तयार भएको छ ।कोरिया जर्मनीलगायतका मुलुकले जस्तै विराटनगर महानगरपालिका र विनडोर सोलुसन्सको संयुक्त प्रयास र कारखाना बिराटनगरको प्राबिधिक सहयोगमा उक्त बुथ तयार गरिएको हो ।हाललाई २ वटा बुथ तयार रहेको र अरु बनाउनुपर्ने आवश्यकता परे तुरुन्तै बनाउन सकिने विन्विडोर सोलुसन्सका प्रोप्राईटर रोहितजंग थपलियाले जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरको युपिभीसिका प्रोफाइलको प्रयोग गरिएको उक्त बुथ निर्माण आज सम्पन्न भएको र उक्त तयार बुथ क्वारेन्टाइनमा प्रयोग गरिने थपलियाले बताए । उक्त बुथको प्रयोगमा पिपिईको आवश्यकता नभएको र धेरैको श्वाब परिक्षणको लागि काम गर्न सकिन्छ । यस्तै प्रकारका बुथहरु अहिले काठमाडौं, पोखरालगायतका सहरमा पनि बनिसकेका छन।