बुधबार, चैत्र २६, २०७६ || 752  पटक पढिएको

गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको रु २५ अर्बको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला करीब ३०० होटल तथा रेष्टुरेन्ट एवं १०० ट्राभल एजेन्सी बन्द छन् । यसले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सघाउ पु¥याएका थिए । सम्भावित सङ्क्रमणका कारण नेपाल भ्रमण वर्ष २०२० यसअघि नै सरकारले स्थगन भएको घोषणा गरेको थियो । जिल्लामा २५ तारे होटेल मात्रै छन् । यसमा आश्रित लगभग सात हजार कर्मचारी र उनका परिवारमा पनि दैनिक गुजारा चलाउन समस्या परेको छ । तिलोत्तमामा सिल्भर हेरिटेज गु्रपको रु तीन अर्ब लगानी रहेकोे पाँचतारे होटल टाइगर प्यालेस १५ दिन यतादेखि पूर्णरुपमा बन्द छ । होटलमा काम गर्ने सात सय कर्मचारीलाई पनि होटल व्यवस्थापनले अहिले बिदा दिएको छ । दैनिक रु ३५ लाखको कारोवार हुने सो होटलमा क्यासिनोसमेत छ । होटेलमा मासिक रु ३५ हजारभन्दा बढी भारतीय पर्यटक आउने बताइएको छ । होटलका सूचना अधिकारी रणधीर यादव होटलमा ठूलो नोक्सानी भएको बताउनुहुन्छ । यहाँबाट आश्रित कर्मचारीको परिवारलाई समेत समस्या परेको छ । मणिग्राममा रहेको चारतारे होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्ट पनि झन्डै रु एक अर्ब लगानीमा सञ्चालनमा रहेको होटल हो । होटलले पनि आफ्ना २०० कर्मचारीलाई बिदा दिएको छ । होटलका सञ्चालक तथा होटल व्यवसायीको छाता संगठन होटल एशोसियशन अफ नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल रानाले होटेल पर्यटनको आधार भएको उल्लेख गर्दै यसले सबैलाई मारमा पारेको छ भन्नुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि धेरै लगानी खर्च गरेका होटल व्यवसायीलाई अहिलेको महामारीले ठूलो घाटामा पु¥याउने बताउनुभयो । बुटवलमा होटल क्लब डेनभो, एभिन्यू, होटल टुलिप जस्ता ठूला होटल अहिले बन्द छन् । भैरहवा क्षेत्रका तारे होटलमध्ये होटल निर्माण, होटल नान्स, होटल मौर्य, होटल रेडसन, होटल यती, होटल ह्वाइट लोटस पनि लकडाउनपछि पूर्ण रुपमा बन्द छन् । लुम्बिनी क्षेत्रमा रहेका होटल पवन प्यालेस, होटल होक्के, होटल कसाई, होटल बुद्धमाया गार्डेनलगायत होटल सबै बन्द रहेको सिद्धार्थ होटल एसोशियसन रुपन्देहीले जनाएको छ । पछिल्लो समय रुपन्देहीमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका कारण पनि नयाँ होटल खुल्ने क्रम जारी छ छ । अहिले विश्वमा आएको कोरोना महामारीले गर्दा भने सबैलाई निराश बनाएकोे सिद्धार्थ होटल एशोसियशन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो । “सरकारले होटलमा लगानी रहेको बैंकको मासिक व्याज, बिद्युत र बैंकको मासिक किस्तामा सहुलियत दिनुपर्छ”, श्रेष्ठले माग गर्नुभयो । होटेल न्यू इरा बुटवलका सञ्चालक माधव नेपालले बन्दाबन्दीका कारण होटेल व्यवसायीलाई लगानीको ब्याज तिर्न समस्या हुने बताउनुभयो । नेपालको पैदलमार्ग हँुदै धेरै पर्यटक आउने बेलहियासमेत रुपन्देहीमा पर्ने भएकाले यहाँ वार्षिक स्वदेशी र विदेशी गरी २० लाख पर्यटक आउने गरेको सिद्धार्थ होटल एशोसियशनको तथ्याङ्कमा उल्लेख छ । बर्दियाको पर्यटन प्रभावित धम्बोझी– कोरोना भाइरसका कारण प्रदेश नं ५ को प्रमुख पर्यटकीय केन्द्र बर्दियाको पर्यटन क्षेत्र प्रभावित भएको छ । बर्दियामा खुलेका ठूला तथा साना होटल अहिले लकडाउनका कारण सुनसान छन् । बर्दिया सदरमुकाम गुलरिया र पर्यटकीय केन्द्र ठाकुरद्वरामा सञ्चालित ठूला सुविधासम्पन्न होटलको कारोवार अहिले शून्यमा झरेको गुनासो पर्यटन व्यवसायीले गरेका छन् । गुलरिया र ठाकुरद्वारा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई लक्षित होटल सुनसान रहेको होटल व्यवसायी संघ बर्दियाका अध्यक्ष तुलसी तिमिल्सेना बताउनुहुन्छ । गुलरियामा विजया गेष्ट हाउस, होटल मिर्मिरे र होटल कृष्णसार तथा ठाकुरद्वारास्थित राष्ट्रिय निकुञ्जका क्षेत्रमा टाइगर टप, बर्दिया टाइगर रिसोर्ट, गैँडा क्याम्प, टाइगर रिसोर्टलगायत दर्जनाँै होटल मर्कामा परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भम्रणमा लकडाउनअघि आएका कतिपय विदेशी पर्यटक अन्तरराष्ट्रिय हवाई उडान रोकिएका कारण अलपत्र परेको अध्यक्ष तिमिल्सेना बताउनुहुन्छ । होटल बन्द हुँदा कामदार र कर्मचारीलाई तलव खुवाउन र बैंकको किस्ता तिर्न गाह्रो भएको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!