विश्वभर महामारीको रुपमा पैmलिएको नोबल कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न नेपाल सरकारले देश लकडाउन गरेको छ । लकडाउन भएपछी एक ठाउँबाट अर्काे ठाउँ जान बन्देज लगाइएको छ ।
जनताको सुरक्षाको निम्ती सरकारले गरेको लकडाउनबाट भने विभिन्न स्थानमा रहेका नेपालीहरु प्रभावित बनेका छन् । यही लकडाउनले भने कतीपय नेपाली जनता सिमामा फसेका छन् भने कतीपय अन्य ठाउँहरुमा ।
लकडाउन भएसंगै प्रदेश नम्बर एकको राजधानी रहेको विराटनगरमा पनी विभिन्न स्थानबाट आएका जनताहरु अलपत्र परेका छन् । विभिन्न कामले राजधानी आएकाहरु अचानक लकडाउन हुदा अलपत्र परेका हुन । लकडाउनमा फसेर आफनो घर जान नपाउँदा जनताहरुलाई खानबस्न सकेत समस्या भइरहेको कुरा बाहिरिन थालेको छ ।

यो पनी : युवा नेता आलम र यादवको पहलमा यातायात मजदुरको उद्धार
लकडाउनले आम जनता माात्र नभई १५ जना भन्दा बढी यातायात मजदुरहरु समेत अलपत्र परेका छन् । अलपत्र परेकाहरुको लागी स्थानीय निकायबाट केही पहल नहुदा अझ समस्या झेल्न बाध्य भएका छन् ।
यता भने यो सबै कुरा थाहा पाएपछी समाजवादी पार्टी नेपालका युवा नेता तथा समाजसेवी राकेश रोशन यादव अलपत्र परेकाहरुलाई मद्दत गर्ने अगाडि आएका छन् । नेता यादवले आफनो फेसबुकमा स्टाटस लेख्दै अलपत्र परेकाहरुलाई निःशुल्क बासको व्यवस्था मिलाउने बताएका छन् । उनले लकडाउनको कारणले बिराटनगर वा आसपासको क्षेत्रमा, बाँस बेगर अलपत्र पर्नु भएको छ भने हामी तपाईलाई निशुल्क बासस्थान उपलब्ध गराउछौं भनेर सार्वजनिक रुमपै लेखेका छन् । उनले सञ्चालन गर्दै आएका हाम्रो नेपाल होस्टलमा अलपत्र सबैलाई राख्ने व्यवस्था मिलाएको जेनवन न्युजलाई जानकारी दिए ।

नेता यादव विगत लामो समय देखी नेपाली राजनितीमा संघर्ष गर्दै आएका र राजनितीलाई बुझेका व्यक्ती हुन । राजनिती संगै समाजसेवामा सकृय रहेको यादवले विभिन्न समयमा दिनदुखीहरुलाई सहयोग गर्दै आएका छन् । विगत लामो समय देखि विराटनगर बस्दै आएका यादव राजनिती संगै स्कुल र होस्टल सञ्चालन गर्दै आएका हुन । निस्वार्थ भावनाबाट माथि उठेर काम गर्दै आएका यादव विराटनगरको युवाहरुको लागि लोकप्रिय पात्रको रुपमा रहेका छन् ।

लकडाउनको कारणले बिराटनगर र आसपास का क्षेत्रमा, बाँस बस्न बेगर अलपत्र पर्नु भएछ भने हामी तपाईलाई निशुल्क बासस्थान उपलब्ध गराउछौं।"हाम्रो नेपाल होस्टेल" 9804000700

Posted by Rakesh Roshan Yadav on Tuesday, April 7, 2020

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया