बुधबार, चैत्र २६, २०७६ || 914  पटक पढिएको

पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन राहत कोष स्थापना गरिएको छ । विपद्का बेला प्रवासमा रहेका नेपालीलाई मध्यनजर गर्दै समिति गठन गरिएको बताइएको छ । समितिले आपतकालीन राहत कोष स्थापना गर्ने, समस्यामा परेकालाई राहत उपलब्ध गराउने, नेपालीमाझ कोभिड–१९ सम्बन्धी आवश्यक चेतना फैलाउने र सङ्क्रमित नेपालीहरुको तथ्याङ्क सङ्कलन गर्नेछ । बैठकले गठन गरेको जनचेतना समितिको सदस्य सचिवमा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे रहनुभएको छ । यस्तै समितिमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष गोविन्द पौडेल, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विक, नेपाली एकता समाजका अध्यक्ष गोम सुवेदी, नेपाली समाजका अध्यक्ष सोम शेर्पा, नेपाली नारी समाजका अध्यक्ष कला राई र नेपाली महिला समाजका अध्यक्ष निर्मला ढकाल र पत्रकार योगेन्द्र मिलन छन्त्याल रहनुभएको छ । यसका साथै समितिले गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा पूर्व तथा वर्तमान आइसीसी सदस्य, पोर्चुगलस्थित सबै सङ्घसङ्गठनका प्रमुख, व्यापारी एवं समाजसेवीसहितको मूल समितिसमेत निर्माण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!